बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प
काठमाडाैं | असोज २, २०८१
काठमाडौं: बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दू भएर भूकम्प गएको थियो ।
नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।
काठमाडौं: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत पुगेको हो । नेता प...
काठमाडौं: नेकपा एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको तय गरेको छ । आज बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । यी हुन् एमालेका उम्मेदवारः को कहाँ ? सुदूरपश्चिम प्रदेश कैला...
काठमाडौं: निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाच...

